हिमाल पहाड र तराईको झल्को दिने चौरजहारी नगरपालिका सुन्दर प्रकृतिको काखमा अवस्थित छ। नेपालको कर्णाली प्रदेश रुकुम पश्चिमदेखि १६ कोष पश्चिम दक्षिणमा पर्ने चौरजहारी नगरपालिकामा समथर उपत्यका, टाकुरा र अग्ला चुचुराहरु छन् । स्थानीय भाषामा समथर भू-भागलाई चौर भनिन्छ । भेरी नदिको कनारमा समथर चौर रहेको र त्यसमा करौंती, चिमेली, दाँते लगायत जातका झाडीहरु रहेकोले चौर+झारी शब्दको संयोजन गरी विगतमा चौरझारी भन्ने गरेको पाइछ । चौरझारी शब्दको अपभ्रंश हुँदै जाँदा त्यस ठाउँको नाम चौरजहारी हुन गएको भनाई छ।
विकास निर्माणका काम कति सम्पन्न भए कति निर्माण अवस्था छन् र आगामि बर्ष कस्ता योजना आवश्यक पर्लान भन्ने् बिषयमा केन्द्रित रेडियो कार्यक्रम नगर सेरोफेरो हरेकहप्ताको आईतबार साँझ ६ः१५बजे देखी ६ः४५सम्म र पुन प्रशारण सोमबार बिहान ७ः३० देखी ८ः०० बजे सम्म आफ्नो एफ। एम ९०ं।४ मेगाहर्ज र सोम बार बिहान ६ः१५ देखी ६ः४५ बजे सम्म रेडियो चौरजहारी एफ।एम ९४.८ मेगाहर्जमा सुन्न नभुल्नुहोला । ०८८४०१११३, ९८४८२७५०७५ मा कार्यक्रम सम्बन्धि सल्लाहा सुझाब भए सर्म्पक गर्नुहोला