नेपालको कर्णाली प्रदेश अन्तर्गत रुकुमको पश्चिम भागमा अवस्थित रहेको चौरजहारी नगरपालिकाको स्थापना हुनु भन्दा पहिला विजयश्वरी, कोटजहारी, खोलागाउ, नुवाकोट र पुर्तिमकाडाँ गाविसको (केही भाग) रुपमा रहेको थियो । स्थानीय तह गठन हुनुभन्दा पहिला स्थानिय निकायको रुपमा विजयश्वरी गाविस र कोटजहारी गाविस मिलि चौरजहारी नगरपालिका मिति २०७२।०६।०१ मा स्थापना भएको थियो । संघीयता सहितको संविधानको मर्म अनुरुप मिति २०७३।११।२७ गते नेपाल अधिराज्य भरि ७५३ स्थानीय तहको गठन भइ नेपाल राजपत्रमा समेत प्रकाशित भयो । यसै सन्दर्भमा यस चौरजहारी नगरपालिकाको क्षेत्रफल १०७ वर्गकिलोमिटर रहेको छ भने यहाँको जनसख्या २७४३८ रहेको छ । पहाडी जिल्ला रुकुमको सन्दर्भमा यो चौरजहारी नगरपालिका आर्थिक एंव पुर्वधार विकासको दृष्टिकोणले निकै सम्भावना भएको नगरपालिका हो । यहाको भौगोलिक वनावट र प्राकृतिक श्रोत साधनमा निकै अगाडी रहेको छ । चौरजहारी उर्वर फाँट देखि लिएर ढुंगे खानिहरु र जहारीखोलाको किनारमा रहेको उर्वर जमिन देखि खोलागाउ मुलजिउला सम्मका कृषि उत्पादनयोग्य फाँटहरु यस नगरपालिकाका गहनाहरु हुन । यस नगरपालिकामा एउटा एयरपोर्ट रहेको छ । नेपाल सरकारको योजनामा परेको १० वटा नयाँ शहर मध्ये चौरजहारी पनि एक भएको हुदा विकास सम्भावना प्रवल छ । साँस्कृति धार्मिक एंव जातिय विविधताले भरिपुर्ण यस नगरपालिकामा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नै शान्त र समृद्ध नगर निर्माणको आधार हो । हाल वडा नं. २ मा नगरपालिकाको केन्द्र रहेको छ । भेरी नदीको किनारमा अवस्थित चौरजहारी रुकुम, सल्यान, जाजरकोट र डोल्पाको मुख्य व्यापारिक केन्द्र भनेर चिनिन्छ ।
“आत्मनिर्भर, एकता र समृद्ध नगरको निर्माण, चौरजहारी नगरवासीको पहिचान” भन्ने मुल नारालाई आत्मसाथ गदै यस चौरजहारी नगरपालिका क्षेत्रको समृद्धी, समुन्नति र विकासको लागि नगरपालिका परिवार अगाडि बढिरहेको छ ।
विकास निर्माणका काम कति सम्पन्न भए कति निर्माण अवस्था छन् र आगामि बर्ष कस्ता योजना आवश्यक पर्लान भन्ने् बिषयमा केन्द्रित रेडियो कार्यक्रम नगर सेरोफेरो हरेकहप्ताको आईतबार साँझ ६ः१५बजे देखी ६ः४५सम्म र पुन प्रशारण सोमबार बिहान ७ः३० देखी ८ः०० बजे सम्म आफ्नो एफ। एम ९०ं।४ मेगाहर्ज र सोम बार बिहान ६ः१५ देखी ६ः४५ बजे सम्म रेडियो चौरजहारी एफ।एम ९४.८ मेगाहर्जमा सुन्न नभुल्नुहोला । ०८८४०१११३, ९८४८२७५०७५ मा कार्यक्रम सम्बन्धि सल्लाहा सुझाब भए सर्म्पक गर्नुहोला