संक्षिप्त परिचय

चाैरजहारी नगरपालिका नेपालकाे संविधान २०७२ काे धारा २९५ काे उपधारा (३) बमाेजिम गठित गाँउपालिका नगरपालिका स्वायत संरक्षित वा विषेश क्षेत्रकाे नाम संख्या तथा सिमाना निर्धारण  अायाेगकाे सिफारिसमा बनेकाे ७५३ वटा स्थानिय तह मध्येकाे छ नं.प्रदेश अर्न्तगतकाे रूकुम जिल्लामा पर्ने एक स्थानिय तह काे । साविकका नुवाकाेट,खाेलागाँउ,पुर्तिमकाडा ,चाैरजहारी समायाेजन भर्इ यस  नगरपालिकाकाे निर्माण भएकाे हाे।

यस नगरपालिकाकाे कुल क्षेत्रफल १०७.३८ वर्गकिलाेमिटर रहेकाे छ ।यहाँ काे कुल जन्सख्या २७४३८ रहेकाे छ। यस नगरपालिकामा १४ वटा वडा रहेका छन् । चाैरजहारी नगरपालिका वडा नं.२ मा नगरपालिकाकाे केन्द्र  रहेकाे छ ।भेरी नदीकाे किनारानामा अवस्थित यस चाैरजाहारीका व्यपारिक क्षेत्रमध्ये एक मुख्ये क्षेत्र हाे  । छिमेकी जिल्ला जाजरकाेट,सल्यानसमेत सिमाना जाेडिएकाे यस नगरपालिकाकाे केन्द्र मा अवस्थित चाैरजहारी जाजरकाेट र सल्यानकाे  समेत व्यापारिक स्थल हाे ।

स्वच्छ सफा र शान्त चाैरजहारी नगर भन्ने मुल नारालार्इ अात्मासाथ गदै यस नगरपालिका क्षेत्रकाे सम्द्र समुन्नति र विकासकाे लागि नगरपालिका परिवार अगाडि बढिरहेकाे छ ।

चाैरजहारी नगरपालिका,

केन्द्रः साविक चाैरजाहारी गा.वि.स.काे कार्यलय,